Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित


२० ,श्रावण ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । उनका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ ।

बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो ।

त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिए । पार्टीले आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?