Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

चितवनका किसानका समस्या समाधान गर्न सरकारसँग फोर एच नेपालको माग


२६ माघ काठमाडौं । चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर बिरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोर एच नेपाल एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । जारी विज्ञप्तिमा भनिएको छ, किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ । फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरिएको छ ।

विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको जनाइएको छ । साथै नेपाली किसानको बढी लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहँुच नहुनु र बिचौलियाकोे कारण किसानले कम मूल्य पाउने गरेका छन् । र, उपभोक्ता बढी मूल्य तिर्नु पर्ने बाध्यता रहेको वक्तव्यमा उल्लेख छ । सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणाली सम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषि सम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको हो । वक्तव्यमा भनिएको छ, विदेशबाट कति आयात गर्ने र नेपाली किसानले उत्पादन गरेको उत्पादनले कति बजार धान्न सक्छ भन्ने कुराको एकिन नहुनुले किसान मारेको जनाइएको छ। समस्या माधानका लागि तत्काल एक अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग समेत गरेको छ ।

फोर एच नेपालले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यवसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेको छ । आवश्यकताका आधारमा मात्र विदेशबाट तरकारी आयात गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । वक्तव्यमा भनिएको छ, घाटामा रहेको किसानलाई न्यूनतम बजार मूल्यनिर्धारण गरी उचित क्षतिपूर्तिको दिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
फोर एच नेपाल एक दशकदेखि कृषिमा युवा सहभागिता तथा कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?