Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

अर्थमन्त्री महतलाई शिक्षक महासङ्घको ध्यानाकर्षण


१५ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले हिजो भेटवार्ता गरी शैक्षिक सवाल र पेसागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको सो भेटमा महासङ्घले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा सङ्घीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् ।

सो अवसरमा मन्त्री डा महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिएको भेटमा सहभागी महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सो अवसरमा महासङ्घका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?