Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अर्थमन्त्री महतलाई शिक्षक महासङ्घको ध्यानाकर्षण


१५ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले हिजो भेटवार्ता गरी शैक्षिक सवाल र पेसागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको सो भेटमा महासङ्घले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा सङ्घीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् ।

सो अवसरमा मन्त्री डा महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिएको भेटमा सहभागी महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सो अवसरमा महासङ्घका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?