Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बिजुक्छेँ र चिनियाँ टोलीबीच भेट


१० ,श्रावण ,काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र नेपाल भ्रमणका रहेका छिमेकी मित्रराष्ट्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच हिजो भेटवार्ता भएको छ ।

नेमकिपाका अध्यक्ष बिजुक्छेँ र चिनियाँ टोलीबीच दुईदेशको हित, आपसी सदभाव र सम्बन्धका बारेमा कुराकानी भएको नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।

नेमकिपाका केन्द्रीय नेतासमेतको सहभागिता रहेको भेटवार्तामा नेपालको राजनीतिक अवस्था, विकासको अवस्था र दुई देशको सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा कुराकानी भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका च्या च्युन नेतृत्वको २६ सदस्यीय टोलीले भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गरेको छ ।

चिनियाँ टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले स्वागत गरेका थिए । उनले भक्तपुर नगरपालिकाका सम्पदाको बारेमा चिनियाँ टोलीलाई जानकारी गराएका थिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?