Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राजमार्ग केन्द्रित स्थानीय तहमा जनसङ्ख्या बढ्दो


८ श्रावण, तनहुँ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । दश पालिकामध्ये चार पालिकाको जनसङ्ख्या बढेको छ भने छ पालिकाको जनसङ्ख्या घटेको छ । बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ ।

राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या भने बढेको छ । बन्दीपुरको शुन्यद शमलव ७४, भानुको शुन्य दशमलव ६५, भिमादको शुन्य दशमलव ६७, देवघाटको शुन्य दशमलव ९७, घिरिङको दुई दशमलव ८६ र ऋषिङको शुन्य दशमलव ५२ ले ऋणत्मकमा जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

आँबुखैरेनीमा शुन्य दशमलव ६६, व्यासमा एक दशमलव ११, म्याग्देमा शुन्य दशमलव ४५ र शुक्लागण्डकीमा एक दशमलव ३२ ले जनसङ्ख्या बढेको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार १३ रहेकामा विसं २०७८ को जनगणना अनुसार घटेर १८ हजार पाँच सय ३२ छ । भानु नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४५ हजार सात सय ९२ रहेकामा विसं २०७८ मा ४२ हजार सात सय ९४ पुगेको छ ।

भिमाद नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ३१ हजार तीन सय ६२ रहेकामा विसं २०७८ मा २९ हजार दुई सय ४८, देवघाट गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १६ हजार एक सय ३१ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ४८ पुगेको छ । त्यस्तै घिरिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १९ हजार तीन सय १८ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ८४ र ऋषिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २५ हजार आठ सय ७० रहेकामा विसं २०७८ मा घटेर १७ हजार नौ सय १८ पुगेको छ ।

आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार सात सय ६८ रहेकामा विसं २०७८ मा बढेर २२ हजार दुई सय ५२ पुगेको छ । व्यास नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ७० हजार तीन सय ३५ रहेकामा विसं २०७८ मा बढेर ७८ हजार नौ सय ३९ पुगेको छ । म्याग्दे गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २२ हजार पाँच सय दुई रहेकामा विसं २०७८ मा बढेर २३ हजार पाँच सय ७८ पुगेको छ ।

शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४८ हजार चार सय ५६ रहेकामा विसं २०७८ मा बढेर ५५ हजार छ सय २० पुगेको छ । सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण सहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसङ्ख्या घट्दो क्रममा रहेको तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्याल बताए ।

“ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको हो”, उनले भने । गाउँमा किन जनसङ्ख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले बताउछन् । उनले भने, “स्थानीय तह योजना बनाएर बसाइँसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ ।” पछिल्लो समय ग्रामीण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?