Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’


६ श्रावण,  एजेन्सी । युरोपेली सङ्घ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूको अवहेलना गर्दै उत्तर कोरियामा इन्धन लैजाँदै गरेको देखिएकाले तेल बोकेका ट्याङ्करलाई आफ्नो जलक्षेत्रबाट हटाउन ती देशले चीनलाई आग्रह गरेका हुन् ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरूले संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनलाई सम्बोधन गर्दै लेखेको पत्रमा चीनको जलक्षेत्रबाट इन्धन आपूर्ति भइरहेकाले त्यसलाई रोक्न आफ्नो सरकारसँग अनुरोध गर्न आग्रह गरिएको छ । युरोपेली सङ्घ, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजिल्याण्डका राजदूतहरूले पनि पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ राजदूतलाई पत्र पठाइएको भएपनि त्यसको पुष्टि नभएको स्रोतले जनाएको छ ।

पत्रमा चीनको जलक्षेत्रमा ट्याङ्करहरूको उपस्थिति र आवागमनलाई उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको पालनाको अनुगमन गर्ने राष्ट्रसङ्घको विज्ञ समूहले अवलोकन गरेको उल्लेख गरिएको छ ।

सन् २००६ देखि संयुक्त राष्ट्रसङ्घले क्षेप्यास्त्र प्रक्षेपण र आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । २०१७ मा प्योङयाङ उपर कच्चा तेल आयातलगायत थप प्रतिबन्ध लागेको छ ।

यसैबीच, अमेरिकाले चीन र रसियाको समर्थनमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजनात्मक गतिविधिलाई निरन्तरता दिएको आरोप लगाएका छन् । चीन र रुसले प्योङयाङमा नयाँ प्रतिबन्ध लगाउने प्रस्तावमाथि भिटो गरेर सुरक्षा परिषद्को एकता पनि खल्बल्याएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?