Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी


महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ । मूल मन्दिरको पश्चिम भागमा फलामको सिँढी हटाएर सम्पदामैत्री काठको सिँढी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

यसबाट महाशिवरात्रिमा छोटो समयमा धेरै दर्शनार्थीलाई दर्शन गराउन सकिने विश्वास लिइएको छ । सम्पदामैत्री काठको सिँढी निर्माणमा नेपाली सेनाको कालीदल गणले पनि सहयोग गरेको कोष संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताउनुभयो । पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सौन्दर्यतामा असर नपर्ने गरी काठको सिँढी राखिएको हो ।

मूल मन्दिरको पश्चिम भागबाट अन्य भागमा पनि काठको सिँढीलाई विस्तार गर्ने योजना रहेको पनि कोषले जनाएको छ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रका सम्पदामा रङरोगनका साथै मर्मत सम्भार पनि सुरु गरिएको छ ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?