Trending
>>   सरकारले आयोजना बैंक स्थापना गर्ने >>   संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु, प्रदेशतर्फ ५ अर्ब २ करोड बेरुजु >>   १ रुपैंयाको विवाह ! >>   ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन >>   विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैनः अर्थमन्त्री पौडेल >>   फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत >>   देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैनः वामदेव गौतम >>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस : बेतिथी अन्त्य गर्न माग


५ ,श्रावण ,काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले शिक्षा ऐन तत्काल जारी गरि शिक्षा क्षेत्रको बेतिथी अन्त्य गर्न सरकार संग माग गर्नुभयो । बिश्वबिद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताउनुभयो ।

त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताउनुभयो । पुरानो दलको नेताहरुको लगानी शैक्षिक क्षेत्रमा रहेकोले उहांहरु शिक्षा ऐन ल्याउन पहल नगर्नुभएको प्रष्ट छ उहाँले बताउनुभयो ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले शिक्षा ऐन बिषयमा धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?