Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस : बेतिथी अन्त्य गर्न माग


५ ,श्रावण ,काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले शिक्षा ऐन तत्काल जारी गरि शिक्षा क्षेत्रको बेतिथी अन्त्य गर्न सरकार संग माग गर्नुभयो । बिश्वबिद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताउनुभयो ।

त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताउनुभयो । पुरानो दलको नेताहरुको लगानी शैक्षिक क्षेत्रमा रहेकोले उहांहरु शिक्षा ऐन ल्याउन पहल नगर्नुभएको प्रष्ट छ उहाँले बताउनुभयो ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले शिक्षा ऐन बिषयमा धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?