Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१ ,श्रावण ,काठमाडौँ ।   कमला नगरपालिका-६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ नरहा बस्ने ४५ वर्षीय रोजित राईनको घटनास्थलमै मृत्यु भएको छ ।

यसै गरि  कास्की, रुपा गाउँपालिका-३ पोल्याङ फेदीमा ग.१ ख ७६८६ नम्बरको बस र ग.१५ प ८४८३ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लमजुङ मध्ये नेपाल नगरपालिका-६ भोर्लेटार बस्ने २३ वर्षीय बिबेक बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?