Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१ ,श्रावण ,काठमाडौँ ।   कमला नगरपालिका-६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ नरहा बस्ने ४५ वर्षीय रोजित राईनको घटनास्थलमै मृत्यु भएको छ ।

यसै गरि  कास्की, रुपा गाउँपालिका-३ पोल्याङ फेदीमा ग.१ ख ७६८६ नम्बरको बस र ग.१५ प ८४८३ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लमजुङ मध्ये नेपाल नगरपालिका-६ भोर्लेटार बस्ने २३ वर्षीय बिबेक बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?