Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन


एजेन्सी। संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन निम्त्याएको छ ।

दक्षिणी क्यालिफोर्निया र राष्ट्रभर आप्रवासन कारबाही जारी रहँदा कम्तीमा ४४ व्यक्तिलाई हिरासतमा लिएको छ । जसले दोस्रो ठूलो अमेरिकी शहरमा व्यापक विरोध, झडप र अराजकता उत्पन्न गरेको छ । शुक्रवार मध्यान्हमा फ्याशन डिस्ट्रिक्टको एक कपडा पसलमा धेरै कामदारहरूलाई हतकडी लगाएर हिरासतमा लिइएको बेला करिव एक सय प्रदर्शनकारीहरू आप्रवासन एजेन्टहरूसँग आमनेसामने भएका थिए । सर्भिस इम्प्लोइज इन्टरनेशनल युनियन क्यालिफोर्नियाले एक वक्तव्य जारी गर्दै युनियनका अध्यक्ष डेभिड ह्वेर्टा छापाको क्रममा घाइते र हिरासतमा लिइएको बताएको छ ।

एस्सायलीले फ्याशन डिस्ट्रिक्टमा नक्कली कर्मचारी कागजातको आरोपमा खानतलासी वारेन्ट कार्यान्वयन गरिएको र एक रोजगारदाताले आफ्ना केही कामदारहरूका लागि नक्कली कागजात प्रयोग गरेको विश्वास गर्नुको कारण रहेको पनि बताए । करिव ५ सय मानिसहरू लस एन्जलसको डाउनटाउनमा छापाको विरोध गर्न भेला भए ।

ठूलो भीडले आईसीई लस एन्जलसबाट बाहिर भन्दै नारा लगाउँदै र प्लेकार्ड बोकेर क्षेत्रमा हिँडेका थिए । घटनास्थलका भिडियोहरूले प्रदर्शनकारीहरू प्रहरीसँग झडप भएको देखाएको छ । जहाँ अश्रु ग्यास प्रयोग गरिएको थियो । लस एन्जलस प्रहरी विभाग (एलएपीडी) का प्रमुख जिम म्याकडोनेलले शुक्रवार एक वक्तव्य जारी गर्दै एलएपीडी दिनको समयमा नागरिक आप्रवासन प्रवर्तनमा संलग्न नभएको बताएका छन् । स्थानीय समुदाय संगठनहरूले पत्रकार सम्मेलन आयोजना गरी छापाको निन्दा गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?