Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

भारतको आसाममा बाढीबाट पाँच लाख बढी प्रभावित


एजेन्सी। भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीबाट पाँच लाखभन्दा बढी मानिसहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

बाढीले राज्यका २२ जिल्लाहरूलाई असर गरेको छ । अवस्था अझै पनि गम्भीर छ । आसाममा बाढीको अवस्था अझै पनि गम्भीर छ । २२ जिल्लाहरूमा ५ लाख १५ हजार ३९ जना बाढीको चपेटामा परेका छन् । एक जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । गत आईतवार राज्यमा १० जनाको मृत्यु भएको थियो । शनिवार भारी वर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको थियो । पाँच जना पहिरोमा परेका थिए । अहिलेसम्म राज्यमा १९ जनाले ज्यान गुमाएका छन् । दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले प्रभावित जिल्लाहरूमा १ हजार २ सय ५४ गाउँहरू डुबानमा परेको र १२ हजार ६ सय १०.२७ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको बताएका छन् । असम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रहरूमा १६५ राहत शिविर र १५७ राहत वितरण केन्द्रहरू खोलेको छ ।

गुवाहाटीस्थित भारतीय मौसम विज्ञान विभागको क्षेत्रीय केन्द्रले आसामका धेरैजसो स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ । बाढीले तटबन्ध, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ । यसैबीच, व्रह्मपुत्र र बाराक नदीहरू र तिनीहरूका सहायक नदीहरू, धलेश्वरी र कटखल बाहेक, खतराको चिन्हभन्दा माथि बगिरहेका छन् ।

विगत चार दिनदेखि भारतका उत्तरपूर्वी राज्यहरूमा मुसलधारे वर्षाले विनाश मच्चाएको छ र पहिरो र अचानक बाढी आएको छ । यसबाट ४० भन्दा बढीको मृत्यु भएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?