Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारतको आसाममा बाढीबाट पाँच लाख बढी प्रभावित


एजेन्सी। भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीबाट पाँच लाखभन्दा बढी मानिसहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

बाढीले राज्यका २२ जिल्लाहरूलाई असर गरेको छ । अवस्था अझै पनि गम्भीर छ । आसाममा बाढीको अवस्था अझै पनि गम्भीर छ । २२ जिल्लाहरूमा ५ लाख १५ हजार ३९ जना बाढीको चपेटामा परेका छन् । एक जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । गत आईतवार राज्यमा १० जनाको मृत्यु भएको थियो । शनिवार भारी वर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको थियो । पाँच जना पहिरोमा परेका थिए । अहिलेसम्म राज्यमा १९ जनाले ज्यान गुमाएका छन् । दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले प्रभावित जिल्लाहरूमा १ हजार २ सय ५४ गाउँहरू डुबानमा परेको र १२ हजार ६ सय १०.२७ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको बताएका छन् । असम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रहरूमा १६५ राहत शिविर र १५७ राहत वितरण केन्द्रहरू खोलेको छ ।

गुवाहाटीस्थित भारतीय मौसम विज्ञान विभागको क्षेत्रीय केन्द्रले आसामका धेरैजसो स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ । बाढीले तटबन्ध, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ । यसैबीच, व्रह्मपुत्र र बाराक नदीहरू र तिनीहरूका सहायक नदीहरू, धलेश्वरी र कटखल बाहेक, खतराको चिन्हभन्दा माथि बगिरहेका छन् ।

विगत चार दिनदेखि भारतका उत्तरपूर्वी राज्यहरूमा मुसलधारे वर्षाले विनाश मच्चाएको छ र पहिरो र अचानक बाढी आएको छ । यसबाट ४० भन्दा बढीको मृत्यु भएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?