Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गाजा अस्पतालमा इजरायली हवाई आक्रमणबाट तीन पत्रकारको मृत्यु


एजेन्सी। गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक कार्यकर्तालाई लक्षित गरेको बताएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले अस्पतालको आँगनमा भेला भएका पत्रकारहरूको समूहमाथि अचानक आक्रमण गर्दै इजरायली ड्रोनले कम्तिमा एउटा मिसाइल प्रहार गरेको बताएका छन् ।

अल–अहली अस्पतालका निर्देशक फदेल नईमले बताएअनुसार हवाई आक्रमणमा तीन पत्रकारको तुरुन्तै मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् र शल्यक्रिया गरिएको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार युद्ध शुरु भएदेखि गाजामा मारिएका पत्रकारहरूको कुल संख्या २ सय २५ पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मार्च १८ मा इजरायलले आफ्नो सैन्य अभियान तीव्र पारेदेखि कम्तिमा ४ हजार ४ सय २ प्यालेस्टिनीहरू मारिएका र १३ हजार ४ सय ८९ घाइते भएको बताएका छन् ।

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५४ हजार ६ सय ७७ पुगेको छ । जसमा १ लाख २५हजार ५ सय ३० जना घाइते भएका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?