Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

गाजा अस्पतालमा इजरायली हवाई आक्रमणबाट तीन पत्रकारको मृत्यु


एजेन्सी। गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक कार्यकर्तालाई लक्षित गरेको बताएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले अस्पतालको आँगनमा भेला भएका पत्रकारहरूको समूहमाथि अचानक आक्रमण गर्दै इजरायली ड्रोनले कम्तिमा एउटा मिसाइल प्रहार गरेको बताएका छन् ।

अल–अहली अस्पतालका निर्देशक फदेल नईमले बताएअनुसार हवाई आक्रमणमा तीन पत्रकारको तुरुन्तै मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् र शल्यक्रिया गरिएको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार युद्ध शुरु भएदेखि गाजामा मारिएका पत्रकारहरूको कुल संख्या २ सय २५ पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मार्च १८ मा इजरायलले आफ्नो सैन्य अभियान तीव्र पारेदेखि कम्तिमा ४ हजार ४ सय २ प्यालेस्टिनीहरू मारिएका र १३ हजार ४ सय ८९ घाइते भएको बताएका छन् ।

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५४ हजार ६ सय ७७ पुगेको छ । जसमा १ लाख २५हजार ५ सय ३० जना घाइते भएका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?