Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मेलम्चीको खानेपानी बाह्रै महिना वितरण गरिनुपर्छ : सांसद सिंह


काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे ।
उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउन देखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न माग गरे ।
‘काठमाडौंबासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । वर्षात्‌को समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ उनले भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?