Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वन्यजन्तुबाट हुने क्षतिको राहत दायरा बढ्यो


३० असार, काठमाडौं । नीलगाई र बाँदरको आक्रमणबाट मानवीय क्षति भए क्षतिपूर्ति पाइने, बाली नष्ट गरे राहत पाइने। बाँदर र नीलगाईको आक्रमणबाट मानवीय क्षति भए सरकारले क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहतको दायरा बढाउँदै यस्तो निर्णय गरेको हो । यसअघि १४ वटा वन्यजन्तुबात मानविय तथा कृषि बाली ( उखु तथा केरा )मा क्षति पुर्‍याएमा क्षतिपूर्ति एवं राहत उपलब्ध हुँदै आएको थियो ।

मन्त्रिपरिषद्ले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०८० जारी गर्दै यो सूचीमा बाँदर र नीलगाई प्रजाति पनि थप गरेको छ । यो व्यवस्था १ साउनदेखि लागू हुनेछ । निर्देशिकामा उल्लेख भएअनुसार बाँदर र नीलगाईबाट मानवीय क्षति भएमा वा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा मात्र राहत पाइनेछ । तर, पशुको क्षति वा भण्डारण गरेको अन्नको क्षति भएमा राहत पाइने छैन।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले किसानको माग अनुसार नै माग को सम्बोधन गरिएको बताए । सर्वाेच्च अदालतले १९ चैत ०७४ मा ‘वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०६९ मा बाँदरले कृषकलाई पुर्‍याएको हानि–नोक्सानीबापत क्षतिपूर्ति पाउने व्यवस्था गर्न प्रधानमन्त्रीको कार्यालय, वन मन्त्रालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सरकारले पाँच वर्षपछि निर्देशिका संशोधन गरेको हो । सरकारले नयाँ निर्देशिका जारी गरेसँगै यसअघि ०६९ मा जारी भएको निर्देशिका खारेज गरेको छ ।

यसअघि मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न नष्ट भएमा राहत उपलब्ध हुँदै आएकामा अब वन्यजन्तुबाट किसानले खोरमा पालेका कुखुरा र पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने छ । यो शीर्षकमा कुखुरा र माछा पनि थप गरिएको हो । मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिंगर, जंगली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा क्षतिपूर्ति पाइने निर्देशिकामा उल्लेख छ । यो राहत क्षतिको मूल्यांकनका आधारमा वर्षमा एकपटक मात्र बढीमा १० हजारमात्र पाइने ब्यबस्था गरिएको छ  ।नयाँ निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट अंगभंग भएर जीवनभर शारीरिक रूपले अशक्त भएकालाई पनि राहतको व्यवस्था थपिएको छ । यसअघि गम्भीर घाइतेलाई दुई लाखसम्म उपचार खर्च दिदै आएको मा अब ‘अंगभंग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने भएमा मात्र एकमुस्ट पाँच लाख उपलब्ध गरिने ’ व्यवस्था थप गरिएकोछ  ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?