Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

दाताको भरमा महाकाली गुरुकुल


भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ । गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ कोठा र अर्को भवन चार कोठाको निर्माण हुने भएको छ । छात्रावासका दुईवटै भवन निर्माणका लागि रु ३०–३० लाख गरी रु ६० लाख र पाठशाला भवन निर्माणका लागि रु ४० लाख बजेटको व्यवस्था गरिएको छ ।

सामाजिक विकास कार्यालयकै लगानीमा रु १५ लाखको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ । “नियमानुसार बोलपत्र प्रक्रियामार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्” अध्यक्ष जोशीले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माणकार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्तरूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ ।” गुरुकुलको आफ्नै भवन नहँुदा भम्केनी धार्मिक क्षेत्रको भवनमा सञ्चालन हँुदै आएको छ । विसं २०७८ देखि सञ्चालन हँुदै आएको गुरुकुलमा वैदिक परम्पराअनुसारको संस्कार र शिक्षा विद्यार्थीलाई दिइँदै आएको छ । गुरुकुलका प्राचार्य दुर्गादत्त जोशीका अनुसार चालु शैक्षिकसत्रमा कक्षा ६ र कक्षा ७ मा नेपाल सरकारले तोकेको पाठ्यक्रममा आधारित विषयवस्तु नियमितरूपमा पठनपाठनको कार्य भइरहेको छ । “आउदो शैक्षिकसत्रमा कक्षा ८ सम्मको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा अनुरोध गरिसकेका छौँ”, उहाँले भन्नुभयो । हाल गुरुकुलमा १६ विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । गुरुकुलमा पढ्ने विद्यार्थीलाई चरित्रवान, संस्कारी, नैतिकवान, अनुशासितसँगै पढाइमा अब्बल बनाउनका लागि सक्दो प्रयत्न भइरहेको व्यवस्थापन समिति अध्यक्ष जोशीको भनाइ छ ।

“बदलिँदो परिवेशसँगै पुर्खौँदेखि चल्दै आएको रीतितिथि, परम्परा, धर्म–संस्कृतिलाई बिर्सँदै जान थालेका छौँ”, उहाँले भन्नुभयो, “वैदिक विधिलाई जीवन्त राख्नका लागि गुरुकुल स्थापना गरेका हौँ ।” भौतिक पूर्वाधारको पर्याप्तता भएपछि विद्यार्थीको सङ्ख्यामा बढोत्तरी हुने विश्वास उहाँको छ । “गुरुकुलमा बालबालिकालाई पढाउने धेरै अभिभावकले चाहना व्यक्त गर्नुभएको छ”, उहाँले भन्नुभयो, “बस्नका लागि पर्याप्तता नहँुदा धेरै विद्यार्थी भर्ना गर्न सकेका छैनौँ, निर्माणाधीन भवन निर्माण सकिएपछि विद्यार्थीको सङ्ख्या बढाउँदै लैजाने योजना छ ।” हाल गुरुकुल दाताको सहयोगमा सञ्चालन हँुदै आएको छ ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?