Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

म्याग्दीमा नौ झोलङ्गे पुल निर्माण


३०,असार ,म्याग्दी । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९÷८० मा नौ झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ । मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधिन पुलको कूल लागत रु सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ । “निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्ख्या लाभान्वित हुनेछन्”, उनले भने, “उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ ।”

मालिका गाउँपालिकामा पाँच, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा दुई/दुई वटा पुल निर्माण सकिएका छन् । यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई/दुई, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक÷एक वटा पुल निर्माणाधीन छन् । मालिका गाउँपालिका–५ को सांगाखोलामा १०० मिटर, मालिका–४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका–४ को घोर्सीखोलामा ५८ मिटर, मालिका–४ छिपान्जाखोलामा ५८ र मालिका–७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

रघुगङ्गा–१ को ओकिलाखोलामा ४२ मिटर र रघुगङ्गा–८ को रघुगङ्गा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ । बेनी नगरपालिका–३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ । मालिका–४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मङ्गला गाउँपालिका–५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ ।

अन्नपूर्ण गाउँपालिका–को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५÷६५ प्रतिशत सकिएको छ । रघुगङ्गा गाउँपालिका–८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका–७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका–७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०÷३० प्रतिशत सकिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । झोलुङ्गे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुङ्गे पुल छन् ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?