Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

ज्येष्ठ नागरिकलाई सम्मान


धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ । वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उहाँहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताउनुभयो । सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसमेत प्रदान गरिएको थियो । कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिँड्नुर्पे बताउनुभयो ।

नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँलगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताउनुभयो ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?