Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मर्निङ वाक हिँडेका व्यक्तिहरूको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ


२४ असार, काठमाडाैँ । काठमाडाैँमा मर्निङ वाकमा हिडेका व्यक्तिहरूको सुनको सिक्री लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका २ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।

यस घटनामा पक्राउ पर्नेमा रामेछापको लिखु- १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी रहेका छन् ।

त्यस्तै, उनीहरूले लुटेको सिक्री किन्ने भारत भारत पश्चिम बंगाल घर भइ असनमा सुन पसल चलाउने श्रीकान्ता माइतीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले असार १ गतेदेखि २० गतेसम्म टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटपाट गरेका  थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?