Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

मर्निङ वाक हिँडेका व्यक्तिहरूको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ


२४ असार, काठमाडाैँ । काठमाडाैँमा मर्निङ वाकमा हिडेका व्यक्तिहरूको सुनको सिक्री लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका २ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।

यस घटनामा पक्राउ पर्नेमा रामेछापको लिखु- १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी रहेका छन् ।

त्यस्तै, उनीहरूले लुटेको सिक्री किन्ने भारत भारत पश्चिम बंगाल घर भइ असनमा सुन पसल चलाउने श्रीकान्ता माइतीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले असार १ गतेदेखि २० गतेसम्म टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटपाट गरेका  थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?