Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एसइईमा नारायणी इङ्लिस पब्लिक स्कुलको नतिजा चितवनकै उत्कृष्ट


चितवन । चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका छन् ।

चितवन जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीहरु ६ जना रहेकोमा नारायणी पब्लिकका मात्रै २ विद्यार्थीहरुले ४ जिपीए ल्याएका छन् । चितवन जिल्लामै सर्बोत्कृष्ट नतिजा नारायणी पब्लीकको रहेको विद्यालयले जनाएको छ ।

नारायणी इङ्लिस पब्लिक स्कुलबाट ७९ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्रचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।

३.६ देखि ४ जीपीए ल्याउने १९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २४ जना २.८ देखि ३.२ जीपीए ल्याउने २७ जना, २.४ देखि २.८ जीपीए ल्याउने ७ जना रहेको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?