Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष डे हुनको शिष्टाचार भेटवार्ता


दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गरेका छन् । सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा सेमाउल मोडललाई नेपालमा पनि विस्तार गर्ने सम्बन्धमा कुरा भएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सेमाउल जनताको आफ्नै श्रम र सहभागितामा न्युन लगानीमा नमूना गाउँ निर्माण गर्ने एउटा विशेष खालको मोडल हो ।

भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमूना गाउँ निर्माणका लािग समोउलमार्फत् आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । जनताको जागरुकता र जागरणमा नमूना गाउँ निर्माण गर्ने आफूहरुको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताए ।

मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत् अपिल गरेका छन् । “सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु” मन्त्री मोदीले भने, “सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमूना गाउँ निर्माण गर्ने यो अभियानको थप विकास र विस्तारमा हामी सदैव यहाँहरुसँगै रहनेछौँ ।”

सेमाउल मोडल नेपालजस्तो मुुलुकको लागि प्रेरणाको स्रोत भएको समेत मन्त्री मोदीको भनाई थियो ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?