Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आज मिति २०८० साल असार २० गते बुधबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल असार २० गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ। आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ। प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला। अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ। सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला। राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ। तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

बृष – बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ। पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ। मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला। खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ। यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न।

मिथुन – राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ। नयाँ काम गरी मनग्गे आम्दानी वढाउन सकिनेछ। व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ। आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ।

कर्कट – सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ। बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन्। व्यापार व्यावसायबाट मनग्गे धन सम्पती कमाउन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन्। सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ।

सिंह – अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ। व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ। सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला।

कन्या – ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ। सरकारी धन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ। बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर जानेछन्। चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । बिहानको समय मध्ययम रहेकोले अग्रजसँग राय बाजिनेछ।

तुला – बिहानको समय राम्रो रहेकोले धार्मिक तथा सास्कृतक सभा सभारोहमा सहभागी हुने अवसर जुर्नेछ। धार्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो पार्न सकिनेछ। मध्यान्हबाट राज्यबाट अनाबश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलव्धी गुम्न सक्छ। माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ। आफ्नो धन सम्पतीमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला।

बृश्चिक – खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ। धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ। परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ। लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ।

धनु – नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला। व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ। पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ। प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला।

मकर – प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ। बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ। व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ। पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ। बिहानको समयमा सत्रु लाग्ने सम्भावना रहेकोछ।

कुम्भ – बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ। मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेकोछ। मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ। स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ। न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला।

मीन – बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ। शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ। अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ। आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ। मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन्।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?