Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मापदण्डअनुसार छैनन् भरतपुरका बालगृह


१९ असार, चितवन । भरतपुर महानगरपालिकाभित्रका अधिकांश बालगृहहरु मापदण्डविपरीत सञ्चालनमा नभएको पाइएको छ । कूल २३ बालगृहमध्ये अधिकांशले मापदण्ड पालना नगरेको महानगरपािलकाको बालकल्याण समितिको अनुगमनका क्रममा पाइएको हो ।

बाल गृह सञ्चालनका लागि कम्तीमा २० जना बालबालिका हुनुपर्ने, महिनाको एकपटक स्वास्थ्य परीक्षण गरिनुपर्ने, आश्रित बालबालिकाको जन्मदर्ता हुनुपर्ने, खाना पकाउने भान्छा सफा हुनुपर्ने, एउटा खाटमा एकजना बालबालिका मात्रै राख्नुपर्ने, बालबालिका खेल्नका लागि पर्याप्त ठाउँ हुनुपर्ने, बालगृहमा आयाको व्यवस्था हुनुपर्ने लगायतका मापदण्ड भए पनि अधिकांशमा यो पूरा नभएको पाइएको हो ।

बालकल्याण समितिका संयोजक एवम् महानगरका उपप्रमुख चित्रसेन अधिकारीले अनुगमनका क्रममा बालगृह सञ्चालकलाई मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्डविपरीत सञ्चालनमा आएका बालगृहहरुलाई सुधार गरेर मात्रै पुनः ञ्चालन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

यहाँका बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ छ । जसमध्ये बालक दुई सय ९६ र बालिका तीन सय ४२ रहेको महानगरको समाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकारीसहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगरपालिका–१० का वडाअध्यक्ष तथा सामाजिक विकास समिति संयोजक परमेश्वर खनाल, महानगरका उपसचिव ओमप्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रीमा कोइरालालगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?