Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बलियो कांग्रेस बनाउन जनताको मन जित्नु आवश्यक : कांग्रेस नेता महर


डडेलधुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताउनु भएको छ । यसका लागि नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छन्। कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए।

नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै नेता महरले ‘कांग्रेस जनमैत्री हुनुपर्छ। त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ। ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ। त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’, उनले भने।

स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले देखिनेगरि प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। उनले पछिल्लो समय नयाँका नाममा देखिएको हुण्डरी धेरैदिन नटिक्ने बताए। ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन्। आत्तिनु पर्दैन। पानीको फोका धेरैबेर टिक्दैन।

अहिलेका नयाँ शक्ति पानीको फोका जस्तै हुन्। यीनलाई फुट्न धेरै समय लाग्दैन। गफ चुटेरमात्र देश बन्दैन,’ उनले भने। उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न सुझाव दिएका छन्। पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए। ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन्। सतही कुराको पछि लाग्छन्। जुन गलत छ। यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन,’ उनले भने। डडेलधुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए।

 


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?