Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बलियो कांग्रेस बनाउन जनताको मन जित्नु आवश्यक : कांग्रेस नेता महर


डडेलधुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताउनु भएको छ । यसका लागि नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छन्। कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए।

नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै नेता महरले ‘कांग्रेस जनमैत्री हुनुपर्छ। त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ। ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ। त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’, उनले भने।

स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले देखिनेगरि प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। उनले पछिल्लो समय नयाँका नाममा देखिएको हुण्डरी धेरैदिन नटिक्ने बताए। ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन्। आत्तिनु पर्दैन। पानीको फोका धेरैबेर टिक्दैन।

अहिलेका नयाँ शक्ति पानीको फोका जस्तै हुन्। यीनलाई फुट्न धेरै समय लाग्दैन। गफ चुटेरमात्र देश बन्दैन,’ उनले भने। उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न सुझाव दिएका छन्। पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए। ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन्। सतही कुराको पछि लाग्छन्। जुन गलत छ। यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन,’ उनले भने। डडेलधुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए।

 


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?