Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

श्रमदानमार्फत पुल निर्माण हुँदै


१६ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन् । उनले भने, “पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।” श्रमदानमा आउनेलाई स्थानीयले खाना र खाजाको व्यवस्थासमेत गरिदिएको उनले  बताए ।

श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उनले जानकारी दिए । पुल निर्माणका लागि पालिकाले आवश्यक सामग्री तथा प्राविधिकका लागि बजेट व्यवस्था गराएको अध्यक्ष गुरुङले बताए ।

पुल निर्माण सम्पन्न नहुँदासम्म हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलामा पुल निर्माण थालिएको वडाध्यक्ष बमबहादुर रानाले बताउनुभयो । पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुनेछन् ।

हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण स्थानीयले आवागमनमा सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयले  दैनिक श्रमदान गर्दै आएका  छन् ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?