Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

श्रमदानमार्फत पुल निर्माण हुँदै


१६ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन् । उनले भने, “पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।” श्रमदानमा आउनेलाई स्थानीयले खाना र खाजाको व्यवस्थासमेत गरिदिएको उनले  बताए ।

श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उनले जानकारी दिए । पुल निर्माणका लागि पालिकाले आवश्यक सामग्री तथा प्राविधिकका लागि बजेट व्यवस्था गराएको अध्यक्ष गुरुङले बताए ।

पुल निर्माण सम्पन्न नहुँदासम्म हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलामा पुल निर्माण थालिएको वडाध्यक्ष बमबहादुर रानाले बताउनुभयो । पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुनेछन् ।

हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण स्थानीयले आवागमनमा सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयले  दैनिक श्रमदान गर्दै आएका  छन् ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?