Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अध्ययनका लागि ११ लाख छात्रवृत्ति प्रदान


१६ असार ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्तिस्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो । उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार दवाडीलाई हस्तान्तरण गरे ।

गाउँपालिकाले दवाडीलाई कूल रु ३५ लाख प्रदान गर्नेछ । पहिलो किस्ताबापतको रकम शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष चुमानले बताए । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानले बताए । उनले भने, “अध्ययनपश्चात् अनिवार्यरुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ ।”

गाउँपालिकाले गत मङ्सिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको बताए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?