Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

काठमाडाैँका सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड टासिए


१५ असार, काठमाडाैँ । काठमाडौंका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड टाँसिएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रणको अभियान अन्तर्गत् काठमाडौं उपत्यकाका विद्यालय र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेधित क्षेत्रको सूचना टाँस गरिएको हो । काठमाडौं, ललीतपुर र भक्तपुर जिल्लाका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुक्षेत्रहरुमा धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता पम्प्लेट, होर्डिंगबोर्ड जस्ता सूचना सामग्री टाँसिएको हो । यस्ता जनचेतनामुलक कार्यक्रमले धुम्रपान नियन्त्रणको अभियानलाई सघाउ पुर्याउने अपेक्षा लिइएको छ ।

एक्टिभ नेपालको आयोजना र नेपाल सरकार स्वास्थ्य कर कोषको सचिवालयको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले धुम्रपान स्वास्थ्यका लागि हानिकारक भएको भन्दै यसको नियमन आवश्यक रहेको बताएका छन् । सहभागीहरुले सूर्तिजन्य पदार्थमा लगाइएको करको दायरालाई बृद्वि गर्नुपर्ने आवाज उठाएका थिए । धुम्रपान तथा सुर्तिजन्य पदार्थ नसर्ने रोगको पनि कारण रहेको भन्दै सचेतना फैलाउनुपर्ने सहभागीको जोड छ ।

एक्टिभ नेपालका अध्यक्ष यमनाथ मैनालीको अध्यक्षता एवं विभिन्न समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला समूहको उपस्थितिमा सचेतना कार्यक्रम संचालन भएको हो ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?