Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडाैँका सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड टासिए


१५ असार, काठमाडाैँ । काठमाडौंका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड टाँसिएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रणको अभियान अन्तर्गत् काठमाडौं उपत्यकाका विद्यालय र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेधित क्षेत्रको सूचना टाँस गरिएको हो । काठमाडौं, ललीतपुर र भक्तपुर जिल्लाका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुक्षेत्रहरुमा धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता पम्प्लेट, होर्डिंगबोर्ड जस्ता सूचना सामग्री टाँसिएको हो । यस्ता जनचेतनामुलक कार्यक्रमले धुम्रपान नियन्त्रणको अभियानलाई सघाउ पुर्याउने अपेक्षा लिइएको छ ।

एक्टिभ नेपालको आयोजना र नेपाल सरकार स्वास्थ्य कर कोषको सचिवालयको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले धुम्रपान स्वास्थ्यका लागि हानिकारक भएको भन्दै यसको नियमन आवश्यक रहेको बताएका छन् । सहभागीहरुले सूर्तिजन्य पदार्थमा लगाइएको करको दायरालाई बृद्वि गर्नुपर्ने आवाज उठाएका थिए । धुम्रपान तथा सुर्तिजन्य पदार्थ नसर्ने रोगको पनि कारण रहेको भन्दै सचेतना फैलाउनुपर्ने सहभागीको जोड छ ।

एक्टिभ नेपालका अध्यक्ष यमनाथ मैनालीको अध्यक्षता एवं विभिन्न समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला समूहको उपस्थितिमा सचेतना कार्यक्रम संचालन भएको हो ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?