Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

एक महिनामा ७४ हजार भन्दा बढी अफगान आप्रवासी इरानबाट फर्किए


१३ असार, एजेन्सी । गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन्, ।

पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ ।

निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता प्रान्तका प्रान्तीय प्रमुख मौलावी अब्दुल्लाह रियाजले विगत दुई हप्तामा इरानबाट १,१०६ परिवार र ६९,२५९ व्यक्तिसहित कम्तिमा ७४,३६० व्यक्ति स्वदेश फर्किएको बताएका छन् ।

आधिकारिक स्रोतका अनुसार गत दुई दिनमा तोर्खाम क्रसिङ प्वाइन्ट हुँदै पाकिस्तानबाट २३० अफगान परिवार फर्किएका छन् ।

इरान र पाकिस्तानबाट अफगान शरणार्थीको स्वदेश फिर्ती पछिल्लो समयमा असाधारणरूपमा बढेको छ जुन उत्पीडन, स्वेच्छाचारी नजरबन्द र आयोजक देशमा गैरकानुनी अफगान नागरिकलाई निर्वासनजस्ता विभिन्न कारकसँग जोडिएको छ ।

अगस्ट २०२१ मा पूर्वअफगान सरकारको पतनपछि हजारौँ कमजोर अवस्थामा रहेका अफगान परिवार तालिबानद्वारा मृत्युको धम्की र त्रासले छिमेकी देश इरान र पाकिस्तानमा सरेका थिए ।

अफगान शरणार्थी स्वेच्छाचारी नजरबन्द, दुर्व्यवहार, कैद र जबर्जस्ती निर्वासनलगायतका कारण निर्वासनमा  रहेका देशमा गम्भीर चुनौतीको सामना गरिरहेको पनि खामा प्रेसले उल्लेख गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?