Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्छ : सांसद बस्नेत


सिन्धुपाल्चोक : नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम सासद मोहन बहादुर बस्नेतले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने बताए। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक बिद्यालयको आठ कोठे भवन उद्घाटन गर्न पुहेका उनले शैक्षिक क्षेत्रको बिकास अपरिहार्य रहेको बताए। अहिले २१ औं शताब्दी र टेक्नोलोजीको जमाना भएकोले शिक्षा क्षेत्रमा धेरै सुधार गर्न आबश्य रहेको सुनाए । उनले थपे राज्यले अब शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै निशुल्क बनाउन पर्ने छ,। उनले भन्र, अहिले पनि धेरै बिद्यार्थिहरुले राम्रोसँग अध्यन गरेका छन तर पैसाकै अभावका कारण पढ्न सक्ने अबस्था नरहेको सुनाए। उनले फरक प्रसङ्गमा भने, आज प्रेम आचार्यहरु आर्थिक अभावमा झेलिएकै कारण आत्मदाह गर्न पर्ने अबस्था आएको छ। राज्यले गम्भीर तरिकाले लिनुपर्ने भन्दै स्वर्गीय प्रेम आचार्यको बालबालिका र उनको परिवारलाई शिक्षा प्रदान र रोजगारको जिम्मेवारी आफुले लिएको बताए।
व्यावसायि शंकर श्रेष्ठले बनाइदिए ब्यक्तिगत खर्चमा बिद्यालयको ८ कोठे भवन ।
बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती शंकर मा बि को आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका हुन। बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० रकम सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ। भुकम्पपछि अस्थायी टहरोमा बिद्यालय संचालन हुँदै आएपछि श्रेष्ठले आफ्नो गाउको शिक्षा विकास र बालबालिकाको भबिस्यलाई बुझ्दै आर्थिक सहयोग साथै २ रोपनी ७ आना जग्गा समेत दान गरेको बिद्यालयले जनाएको छ। घुम्थाङमा जन्मिएर व्यावसाय गर्दै आएका श्रेष्ठले सरस्वती आ बि संचालनको लागि ५० हजार डिपोजिट र मा बि चलाउनको लागि १ लाख धरौटी समेत सहयोग गरेको बताए। बिधालयलयको एक सोमबार बिद्यालयको ६६ औ बार्षिक उत्सव तथा भवन उद्घाटनमा पुगेका उनले सरस्वती शंकर मा बि लाई कक्षा १२ सम्म अध्यपन गराउन एक शिक्षकको तलब आफुले सहयोग गर्ने बताए । उनले थपे भुकम्प अघि यस बिद्यालयको नाम सरस्वती माध्यमिक बिद्यालय रहेको थियोे भने अहिले उनको सहयोग पछि स्थानीयले श्रेष्ठको नाम थपेर सरस्वती शंकर माध्यमिक बिद्यालय बनाएका छन । आजै उनले बिद्यालयमा अध्यनरत २८८ बिद्यार्थिलाइ ब्याग वितरण गरेका छन । अहिले बिद्यालय १७ वटा कोठे भवनमा संचालन भएको छ,। यस बिद्यालयमा २८८ बिद्यार्थिले अध्यन गर्ने गरेका छन । सिन्धुपाल्चोकमा अहिलेसम्म ठुलो रकममा ब्यक्तिले सहयोग गरेको बिद्यालय हो।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?