Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण


३१ जेष्ठ ,पथरी । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।

दुई विद्यालयमा गरी करिब तीन सय ६३ विद्यार्थी अध्ययन गरिरहेका छन् । पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ सङ्घीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन् ।

पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगबाट प्राप्त भएको हो । पाठ्यपुस्तक वितरण कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेमबहादुर पयाङ्गु लिम्बूले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि पहल नभएको गुनासो गरे ।

शिक्षकलाई सन्तुष्ट हुने गरी तलब भत्ता दिन नसकिएको र नगरस्तरबाट अनुगमन फितलो भएको एवं अध्यापनका लागि पर्याप्त बजेट नहुँदा अरुकै आशले बाँच्नुपर्ने अवस्था रहेको उनले बताए । नगरप्रमुख तुम्वापोले भाषा संरक्षणका लागि नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्ना गर्ने प्रतिबद्धता जनाए । उनले भाषाको संरक्षणका लागि समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीयस्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरेबमोजिम काम हुन नसकेको बताए ।

हाल लिम्बू भाषा अध्यापन गराउँदै आएका शिक्षकले मासिक तलबवापत रु छ हजार र भत्तावापत रु १० हजार पाउँदै आएका छन् । हाल पथरी शनिश्चरेका दुई विद्यालयले कक्षा ७ सम्म भाषा अध्यापन गराउँदै आएको छ भने आउँदो शैक्षिकसत्रमा कक्षा ८ सम्म लैजाने समितिले जानकारी दिएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?