Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण


मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समिक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताउनुभयो । आज नै जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो ।

जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उहाँले किसानहरुको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाउनुभयो । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुसाहाले बताउनुभयो ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?