Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी


कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारलाई आग्रह गर्नुभयो । सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाइतेको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो ।

त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानुनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?