Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी


कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारलाई आग्रह गर्नुभयो । सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाइतेको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो ।

त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानुनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?