Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक


१९ जेष्ठ ,महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताए । “भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईँहरू सोच्नुहोस्”, उनले भने, “भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।”

उनले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताए । “सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ”, उनले भने, “निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताए । “आगामी दसैँ–तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पुर्याउने प्रयास हुँदैछ”, उनले भने, “यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।”

विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राखेका थिए । नेता लेखकले मझगाउँस्थित निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षणसमेत गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?