Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने


१५ जेष्ठ ,जनकपुरधाम । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष काशिराज दाहालले जानकारी दिए ।

त्यसैगरी बैठकले मनसुन, आगलागी, चट्याङलगायत विपद्जन्य घटनाको जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत विवरणसम्बन्धी प्रतिकार्य योजना तयार गर्न धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको दाहालले बताए ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं ३ धोवियाहीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ६ रौयाहीमा १५ शय्याको अस्पताल निर्माणका लागि सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ को नियम १० को उपनियम (१) बमोजिम सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउन सिफारिस समितिमा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले वर्षात् सुरु हुनुअघि नै जोखिममा रहेका स्थानीय तहका नदी नियन्त्रण तथा अन्य कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि हुने सम्पूर्ण तयारीमा उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्यका लागि तयार रहेको बताए ।

त्यसैगरी १८ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुका साथै विपद् व्यवस्थापन समितिबाट लिनुपर्ने नदी नियन्त्रणलगायतका निर्णय समयमै गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?