Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘नोर्ड स्ट्रीम विस्फोटमा युक्रेनी संलग्नता’


१३ जेठ, काठमाडाैँ । रुसबाट आएको नोर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटनको अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उक्त आक्रमणलाई युक्रेनसँग जोड्न सक्ने प्रमाण रहेको जर्मन सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमणमा प्रयोग भएको आशङ्कामा सेलबोट भाडामा लिन प्रयोग गरिएका इमेलबाट प्राप्त तथ्याङ्कले युक्रेनलाई बाँधेको स्पिगेल साप्ताहिकले शुक्रबार जनाएको छ।

एनडीआर र डब्ल्यूडीआर प्रसारक संस्था, दैनिक सुएडड्यूश जेइटुङ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सहयोगीले गरेको अनुसन्धानमा घटनामा प्रयोग भएको बताइएको ‘एन्ड्रोमेडा’ नामक डुङ्गा उक्त उद्देश्यका लागि भाडामा लिएको अनुमान गरिएको र उक्त कम्पनीका अध्यक्ष पनि कीएभमा बस्दै आएको पुष्टि गरेका छन्।

जर्मनीका अनुसन्धानकर्ताहरूले घटनामा संलग्न २० वर्ष काटेका एक युक्रेनी व्यक्तिको पनि पहिचान गरेका थिए र उनी सेनासँग सम्बन्ध थिए डुङ्गाको रेखदेख गर्ने छ जनाको टोलीको हिस्सा भएको हुन सक्ने संयुक्त रिपोर्टमा उल्लेख छ।

स्पीगेलका अनुसार युक्रेनसँगको सम्बन्ध विभिन्न गुप्तचर सेवाहरूको मूल्याङ्कनसँग मेल खान्छ।

उक्त आक्रमण स्वतन्त्र युक्रेनी कमाण्डो समूहले गरेको हुन सक्छ वा सरकार समर्थित एकाइले गरेको हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको उक्त साप्ताहिकले जनाएको छ।

रूसीहरूले अरू कसैलाई दोष दिन प्रयोग गर्न लगिएको भनिने सम्भावित झूटो झण्डा कारबाहीलाई पनि पूर्ण रूपमा इन्कार गरिएको छैन।

सेप्टेम्बरमा रहस्यमय विस्फोट हुनुभन्दा ठीक अघि पनडुब्बी अपरेसनमा विशेषज्ञता प्राप्त रूसी नौसेनाको जहाजले नर्ड स्ट्रिम ग्यास पाइपलाइन नजिकै फोटो खिचेको थियो।

मस्कोले युक्रेनमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप रूसले युरोपमा ग्यास आपूर्ति घटाउँदा यी पाइपलाइनहरू भूराजनीतिक तनावको केन्द्रमा थिए।

पश्चिमी देशहरूले यस घटनापछि बाल्टिक सागरमुनि भएको विस्फोटको दोष रूसमाथि थोपरेका थिए भने क्रेमलिनले पश्चिमा मुलुकहरूमाथि विध्वंसको आरोप लगाएको थियो।

जर्मन, स्वीडेन र डेनिस अधिकारीहरूले विस्फोटको थप अनुसन्धान गरिरहेका छन्।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?