Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा


काठमाडौँ। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मंगलवार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।

पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो । उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए । मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर जुन निर्माण गर्ने क्रममा हामी रहेका छौं । यस्तै २७ फिट लम्बाई भएको काली नागको १३ औँ नाग पञ्चमी उत्सव हामी आज यहाँ मनाइरहेका छौं । यो मन्दिर निर्माणको लागि केही समय लागेपनि निर्माण नै नहोला भन्ने कुरा होइन । तीनै तहको सरकार मिलेर यो मन्दिर निर्माण कार्य सम्पन्न गर्न प्रतिवद्ध हुनुवपर्छ । अहिले भइरहेको खडेरीको समस्या समाधान गर्न पनि सबैले आआफ्नो भुमिका निर्वाह गर्न जरुरी रहेको छ ।’

नागपञ्चमी मेलामा स्थानीय बासिन्दा, धार्मिक अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?