Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा


काठमाडौँ। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मंगलवार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।

पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो । उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए । मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर जुन निर्माण गर्ने क्रममा हामी रहेका छौं । यस्तै २७ फिट लम्बाई भएको काली नागको १३ औँ नाग पञ्चमी उत्सव हामी आज यहाँ मनाइरहेका छौं । यो मन्दिर निर्माणको लागि केही समय लागेपनि निर्माण नै नहोला भन्ने कुरा होइन । तीनै तहको सरकार मिलेर यो मन्दिर निर्माण कार्य सम्पन्न गर्न प्रतिवद्ध हुनुवपर्छ । अहिले भइरहेको खडेरीको समस्या समाधान गर्न पनि सबैले आआफ्नो भुमिका निर्वाह गर्न जरुरी रहेको छ ।’

नागपञ्चमी मेलामा स्थानीय बासिन्दा, धार्मिक अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?