Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी


काठमाडौँ। समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ ।

मंगलवार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिए । उनले दलका नेताहरुको समय व्यवस्थाका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरु सुधार्ने विषयमा पनि छलफल भएको बताए ।

उनले भने, ‘यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरुलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ । अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । यो यसको सकारात्मक पक्ष हो । त्यसकारण मोर्चा यो बीचमा मुलभुत रुपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ । जहाँसम्म यसका केही समस्याहरु रहेका छन् । मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो । त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरु रहे । त्यसका कारण पछिल्ला दिनहरुमा केही प्रश्नहरु छन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । हाम्रा विगतमा भएका कमजोरीहरुलाई सच्याउनुपर्छ भन्ने भन्ने हाम्रो आजको बैठकको निश्कर्ष हो ।’

उनले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजान कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताए ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?