Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौतका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताए । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको बताए ।

मन्त्री चौरसियाले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन बाँकी काम शिघ्र सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसम्मतिले पारित भइसकेको छ । शान्ति सम्झौताका क्रममा भएका सहमति, समझदारी सम्झौता एकीकृत अभिलेख तयार गरिने गर्ने काम भइरहेको छ । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको छ । राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’

मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताए ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?