Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन


काठमाडौँ। संसदीय समितिले विधेयक ऐन, २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाइ अक्षरश कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले विधेयक ऐन २०८१ को अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको हो । समितिको निर्णय सुनाउँदै समिति सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित कानूनलाई अडिट गरी सहायका कानूनहरुलाई समितिमा पठाउन निर्देशन गरेको बताए । संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त बनाउन बाँकी कानूनहरु छिटो बनाउने प्रक्रिया मिलाइ कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिए ।

उनले भने, ‘कानून मन्त्रालयसँग सम्बन्धित विषयहरुमा हामीले छलफल गरेका छौँ । कानून मन्त्रालयले विगतको २०८१÷०८२ देखि ०८२÷०८३ सम्मको कानून मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयमा कति कार्यान्वयन भएको छ, कति कार्यान्वयन भएको छैन ? भन्ने हाम्रो जिज्ञासा थियो । कार्यान्वयन हुँदैछ र कार्यान्वयन नभएको विषयमा हामी कार्यान्वयन गर्दछौँ भन्नुभएको छ । कार्यान्वयन गर्न निर्देशन गरेका छौँ । संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त जुन कानून बनाउन बाँकी छन्, निजामति, प्रहरी कानून लगायतका कानूनहरु जो बनाउनुपर्नेछ । छिटो प्रक्रिया , कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिइएको छ । प्रत्यायोजित कानून । प्रत्यायोजित कानून बनेको पाँच वर्षभित्र एक÷एक वर्षमा फेरि पाँच वर्षभित्र एक एक वर्षमा त्यसलाई अडिट गर्नुपर्ने र सहायका कानूनहरु बनेका कुरालाई समितिमा पठाउन निर्देशन गरेको छ । विधेयक ऐन २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाओस् र अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।’

समितिले सरकारी आश्वासनहरु पूर्णत कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?