Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गरे । उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए । व्यापारी, उद्योगीहरु मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो । यति गाली पाउनुभयो उहाँहरुले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन । व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो । केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि । सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुपर्यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने ? काम गर्नुपर्यो, मेहनत गर्नुपर्यो । बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’

सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताए । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताए ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?