Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस–नेकपा एमालेबीचको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड १९ महामारी, रुस–युक्रेनबीचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए । त्यसका बाबजुत पनि मुलुकले आर्थिक स्थायित्व कायम गर्न सक्नुमा २०४८ पछि नेपाली काँग्रेसले बसालेको बलियो अर्थतन्त्रको जग रहेको स्पष्ट पारे । वर्तमान अवस्थामा अर्थतन्त्रको वाह्य सूचकहरु सरकारको चालु खाता शोधनान्तर वचत निरन्तर बढ्दै गएको उल्लेख गरे । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार हुनुका साथै रेमिटेन्सको उच्चदरमा वृद्धि भएको दाबी गरे ।

सभापति देउवाले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु पनि हो । लामो सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड १९ महामारी, रुस–युक्रेनबीचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । यसका बाबजुत मुलुकले आर्थिक स्थायित्व कायम गर्न सक्नुमा २०४८ पछि नेपाली काँग्रेसले बसालेको बलियो अर्थतन्त्रको जग नै हो । वर्तमान अवस्थामा अर्थतन्त्रको वाह्य सूचकहरु सरकारको चालु खाता शोधनान्तर वचत निरन्तर बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छ । रेमिटेन्सको उच्चदरमा वृद्धि भएको छ ।’

सभापति देउवाले गत वर्षको तुलनामा आयात १३.१ प्रतिशत र निर्यात ७७ प्रतिशतले वृद्धि भएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?