Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस–नेकपा एमालेबीचको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड १९ महामारी, रुस–युक्रेनबीचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए । त्यसका बाबजुत पनि मुलुकले आर्थिक स्थायित्व कायम गर्न सक्नुमा २०४८ पछि नेपाली काँग्रेसले बसालेको बलियो अर्थतन्त्रको जग रहेको स्पष्ट पारे । वर्तमान अवस्थामा अर्थतन्त्रको वाह्य सूचकहरु सरकारको चालु खाता शोधनान्तर वचत निरन्तर बढ्दै गएको उल्लेख गरे । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार हुनुका साथै रेमिटेन्सको उच्चदरमा वृद्धि भएको दाबी गरे ।

सभापति देउवाले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु पनि हो । लामो सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड १९ महामारी, रुस–युक्रेनबीचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । यसका बाबजुत मुलुकले आर्थिक स्थायित्व कायम गर्न सक्नुमा २०४८ पछि नेपाली काँग्रेसले बसालेको बलियो अर्थतन्त्रको जग नै हो । वर्तमान अवस्थामा अर्थतन्त्रको वाह्य सूचकहरु सरकारको चालु खाता शोधनान्तर वचत निरन्तर बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छ । रेमिटेन्सको उच्चदरमा वृद्धि भएको छ ।’

सभापति देउवाले गत वर्षको तुलनामा आयात १३.१ प्रतिशत र निर्यात ७७ प्रतिशतले वृद्धि भएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?