Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन


१० जेष्ठ ,विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।

गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ । प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ ।

मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?