Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कर्णालीमा खाद्य प्रयोगशाला


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले भने परीक्षण नै सुरु गरिएको कार्यालयले जनाएको हो । यसले गर्दा गुणस्तरयुक्त खाद्य पाउने नागरिक अधिकारलाई सघाउ पु¥याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

“अहिले दैनिक उपभोग्य वस्तुको प्रयोगशालामा मापन भइरहेको पनि उहाँको भनाइ छ । दैनिक उपभोग्य वस्तुको गुणस्तरयुक्त छ कि छैन ? भनेर हामीले कर्णाली पहिलो प्रयोगशाला परीक्षण सुरु गरेका छौँ ।” उहाँले भन्नुभयो, “अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता त हटेको छ भने नागरिकलाई गुणस्तरयुक्त खाद्य वस्तु उपभोगमा समेत सघाउ पुगेको छ ।” यसैबीच कार्यालयले तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गर्दै ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयको भनाइ छ । जसअन्तर्गत कार्यालयले ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको उहाँको भनाइ छ । कार्यालयले तीन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटल, रेष्टुरेन्ट, मीठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा कार्यालयले रु छ लाख ८५ हजार सात सय मूल्य बराबरको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने छ महिनामा रु आठ लाख २० हजार दुई सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताउनुभयो । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगोलिक विकटता, सीमित स्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?