Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

राजमार्गको मुख्य नाका क्षेत्रमा सिसी क्यामरा जडान


९ जेष्ठ ,सुर्खेत, । सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाकासहित बड्डिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।

बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डिचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो । राजमार्ग र बजार क्षेत्रमा आठ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

शान्ति सुरक्षाका लागि सिसी क्यामरा मेरुदण्डका रूपमा रहने बराहताल गाउँपालिका–५ का वडाध्यक्ष धिमराज जुल्मी मगरले बताए । बराहताल गाउँपालिकाले शान्ति सुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बड्डिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो ।

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरेको बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरले बताईन् । बजार क्षेत्रका हरेक चोक र स्थानमा सिसी क्यामरा राख्दा घटना कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटना न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले बताए ।

राजमार्ग तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरी डकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ । पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?