Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित


९ जेष्ठ ,काठमाडौँ । नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।

उनिहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित भएका हुन् ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ संस्करणको ‘दादासाहेब फाल्के अवार्ड’मा नेपालबाट क्रमशः उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित उनिहरु सम्मानित भएका हुन् ।

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक अधिकारीले भने, “स्वर्ग, मैले सुनेको मात्रै, देखेको छैन, मेरो देश नेपाल, स्वर्गजस्तो छ । त्यस पछि, म महाराष्ट्र मुम्बईलाई अर्को स्वर्ग मान्छु, जहाँ मैले सिक्न र काम गर्ने अवसर पाएँ ।”

अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा कृतज्ञता व्यक्त गर्दै भनिन्, “कला भनेको सिमाना नाघेर मानिसको जीवनलाई समृद्ध बनाउने विश्वव्यापी भाषा हो ।”

दादासाहेब फाल्केको नाममा रहेको राष्ट्रिय चलचित्र पुरस्कार समारोह चलचित्र उद्योगमा असाधारण योगदानको कदर गर्न हरेक वर्ष आयोजना हुँदै आएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?