Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल


काठमाडौँ। नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन् ।

आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताएका छन् । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए ।

अध्यक्ष दाहालले भने, ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’

इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पुर्याउने उनको भनाइ छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?