Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन


९ जेष्ठ ,जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, महेशप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्रालय, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुसवाहा मन्त्री विनाविभागीय, सुरिताकुमारी साह मन्त्री विनाविभागीय, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, सुनिता यादवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै शेख अबुल कलाम आजाद र सञ्जयकुमार यादवलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा र रहबर अन्सारीलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रीय सत्ता गठबन्धनका सबै दलहरुसँग छलफल जारी रहेकाले नमिलेका कुराहरु मिलाएर एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताए ।

शपथग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार हाल कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विनाविभागीय मन्त्रीहरुको जिम्मेवारीका विषयमा सबै दलसँगको छलफलपछि टुङ्गोमा पुगिने जानकारी दिए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?