Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र


९ जेष्ठ ,चितवन । चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ । स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उनले भने, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।”

सङ्घीय सरकारको रु १५ करोड, चितवन उद्योग सङ्घका सदस्यहरूको रु छ करोड ३२ लाख ८८ हजार नौ सय ९२, नेपाल उद्योग परिसङ्घको रु तीन करोड र जिल्ला समन्वय समितिको रु एक लाख ९७ हजार तीन सय ४५ बजेटमा भवन निर्माण गरिएको हो । प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए ।

विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उनले बताए । उनले भने, “प्रदर्शनीका लागि सङ्घका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम गर्यौँ । तर अझै पूरा हुन सकेन ।”

अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार भित्री सजावट, अग्निनियन्त्रक उपकरण, बगैँचा, सचिवालय निर्माण, चमेनागृह निर्माणलगायतका काम अझै बाँकी रहेका छन् । अहिले पनि निर्माणका क्रममा रु ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको उनले बताए । उनान्तीस वर्षलाई सरकारबाटै वार्षिक रु सात लाख भाडा तिर्ने गरी सङ्घले जग्गा लिएको हो । निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?