Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम


८ जेष्ठ ,दमौली । नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका–५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । व्यास –५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतबारदेखि विपद् प्रतिकार्य तालिम थालिएको हो ।

विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिए । उक्त तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट आठ जनाको सहभागितो छ ।

तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । उनले भने, “वर्षायाममा जिल्लामा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो” ।

उक्त प्रतिकार्य तालिम मङ्गलबारसम्म सञ्चालन हुनेछ । यसैगरी गण्डकी प्रदेश सरकार तथा पश्चिम पृतना हेडक्वाटरको संयोजनमा विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ प्रदर्शनी गरिने भएको छ । उक्त नमूना अभ्यास कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहभागिता रहने गणले जनाएको छ ।

विपद् नमूना अभ्यास ‘अभ्यास गण्डकी उद्धार–१’ प्रदर्शनी सञ्चालन पूर्वनेपाली सेना तथा अन्य सुरक्षा निकायका सकल दर्जाहरुले विपद् उद्धारसम्बन्धी छदिने पुनर्ताजगी तालिम लिएका थिए । विपद् नमूना अभ्यास प्रदर्शनीमा नेपाली सेनाको एक गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी तथा व्यास नगरपालिकाका नगर प्रहरी, एम्बुलेन्स तथा दमकलको प्रयोग गरिनेछ ।

उक्त प्रदर्शनीमा सेनाको संयुक्त टोलीले भूकम्प, आगलागी, पहिरा तथा बाढीसम्बन्धी उद्धार प्रक्रियाको प्रदर्शनी प्रस्तुत गर्नेछन् । प्रमुख सेनानी बोहोराले भने, “बर्सेनि बर्सातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्याउने गरेकाले बर्सातको समयमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने तरिकाको अभ्यास गरिरहेका छौ ।”


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?