Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै


७ जेठ, एजेन्सी । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुवरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो । आइएमएमसँगको चालु ऋण कार्यक्रम आगमी महिनाको अन्तिममा मात्र समाप्त हुने र नयाँ ऋण प्याकेजका सम्बन्धमा उक्त वित्तीय संस्थाले निर्णय गरिनसकेकाले पाकिस्तान मित्रराष्ट्रसँग वित्तीय सहायता माग्ने बाध्यात्मक परिस्थितिमा पुगेको हो ।

पाकिस्तानले आईएमएफलाई पुरानो ऋणको केही अंश चुक्ता गर्नुपर्नेछ । कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाको अन्त्य सम्ममा छ अर्ब डलरको व्यवस्था गर्न आइएमएफले सरकारलाई भनिसकेको छ । आइएमएफका अधिकांश शर्तको पालना गर्न पाकिस्तान सहमत भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौतलाई पनि वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको एआरवाई न्युजमा जनाइएको छ ।

एआरवाईका अुनसार पाकिस्तानले अहिलेको वित्तीय समस्याबाट पार पाउन चीनसँग मद्दत मागेको छ । बेइजिङले दुई अर्ब ४० करोड डलर ऋण सहयोग प्रदान गर्ने विश्वास पाकिस्तानी अधिकारीले व्यक्त गरेका छन् ।

यसैबीच, पाकिस्तानका अर्थमन्त्री इशाक दारले कर्मचारी तहमा भएका वार्ता एवम् सम्झौतामा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय आइएमएममा निहित रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आइएमएफका अधिकांश शर्त पूरा गरिएका तथा पूर्वशर्तहरू लागू गरिएका स्पष्ट गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?