Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै


७ जेठ, एजेन्सी । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुवरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो । आइएमएमसँगको चालु ऋण कार्यक्रम आगमी महिनाको अन्तिममा मात्र समाप्त हुने र नयाँ ऋण प्याकेजका सम्बन्धमा उक्त वित्तीय संस्थाले निर्णय गरिनसकेकाले पाकिस्तान मित्रराष्ट्रसँग वित्तीय सहायता माग्ने बाध्यात्मक परिस्थितिमा पुगेको हो ।

पाकिस्तानले आईएमएफलाई पुरानो ऋणको केही अंश चुक्ता गर्नुपर्नेछ । कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाको अन्त्य सम्ममा छ अर्ब डलरको व्यवस्था गर्न आइएमएफले सरकारलाई भनिसकेको छ । आइएमएफका अधिकांश शर्तको पालना गर्न पाकिस्तान सहमत भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौतलाई पनि वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको एआरवाई न्युजमा जनाइएको छ ।

एआरवाईका अुनसार पाकिस्तानले अहिलेको वित्तीय समस्याबाट पार पाउन चीनसँग मद्दत मागेको छ । बेइजिङले दुई अर्ब ४० करोड डलर ऋण सहयोग प्रदान गर्ने विश्वास पाकिस्तानी अधिकारीले व्यक्त गरेका छन् ।

यसैबीच, पाकिस्तानका अर्थमन्त्री इशाक दारले कर्मचारी तहमा भएका वार्ता एवम् सम्झौतामा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय आइएमएममा निहित रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आइएमएफका अधिकांश शर्त पूरा गरिएका तथा पूर्वशर्तहरू लागू गरिएका स्पष्ट गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?