Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

शशांकको दाबीः पूर्व—पश्चिम राजमार्गको कल्पना विपीको हो


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गरेको बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना विपीको रहेको बताए । उनले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति विपी भएको दाबी गर्दै देशको लागि विपीले गरेको काम जति अरु कसैले पनि गर्न नसकेको बताए ।

सांसद कोईरालाले भने, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महशुस भयो । विपी सम्झिँदा आँशु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद विपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना विपी कोईरालाको थियो ।’

सांसद कोईरालाले विकासका लागि विपी कोईरालाले धेरै काम गरेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?